By:Puleso3 Published Date: सोमवार, बैशाख ३, २०७५
रीदेन महर्जन
नयाँ बर्षको आगमनसँगै गायक तथा मोडल सुरेन्द्र आमात्यको डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखेर’ गीत हालै बजारमा रिलिज भएको छ ।
गायक आमात्यले नेपाली जातजातिहरुबीच जातीय भेदभाव हटाई राष्ट्रलाई भाइचार, सद्भाव र एक सिङ्गो धागोमा बाध्न आफूले गीत गाएको बताए ।
आज भन्दा करिब दश बर्ष अगाडि सांगीतिक क्षेत्रमा पाइला राख्नु भएका गायकले आउँदा दिनहरुमा बाद्यबाधन ब्याण्ड सहित सांगीतिक क्षेत्रमा नयाँ योजनसहित प्रस्तुत हुने तयारी भैरहेको पनि बताए ।
करिब पन्ध्र बर्षदेखि गीत लेखनमा लागीरहेका गीतकार तिर्थमान महर्जनले आफू तामाङ, नेवार लगायत सबै जातजातिहरुबीच एकजुट हुनुपर्छ भन्ने भावना अभिवृद्धिको लागि गीत रचना गरिएको बताए। यस गीतमा दुर्गा लामाको संगीत रहेको छ ।
आधुनिक नेपाली तामाङ सेलो गीतको लुप्स रेकर्डिङ स्टुडियोका रेकडिस्ट विजेन श्रेष्ठका अनुसार यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नौलो आयाम ल्याउने उपेक्षा गरिएको जानकारी दिनुभयो ।
उक्त गीत चाँडै नै म्युिजक भि.डि.ओ.मा समेत निकाल्ने योजना रहेको गायक आमात्यले जानकारी दिए ।
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली फिल्म ‘प्रेम बाणी’ निर्माण घोषणा गरीएको छ । फिल्ममा नव-कलाकार मिथुन हमाल तथा विस्तृतमा...
जेठ १८ गते देखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘बेबि आई लव यू’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिवार विस्तृतमा...