०८ कात्तिक, २०७८
    {
अर्थ

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो ।

हिजो १.१४ अंकले नेप्से बढेको थियो । आज १.६८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९२६.८९ अंकमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजारमा कुल एक करोड ८१ लाख नाै हजार ९६७ कित्ता सेयर किनबेचबाट कुल नाै अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स र लगानी समूहमा तीन अंकभन्दा माथिको गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकहरु शून्यदेखि एक अंकको हाराहारीमा आरालो लागेका छन् । आज सबै समूह रात्ताम्मे भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनी ३०.९० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै घाटा व्यहोर्नेमा व्यहोर्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । कम्पनी ७८.९० अंकले घाटामा गएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने

काठमाडौं : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समय अनुसार राति पाैने...

  • Puleso
  • २०७८ असोज २४ आइतबार
साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने