०८ कात्तिक, २०७८
    {
अन्तराष्ट्रिय

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको बाल्कन मुलुक म्यासेडोनिया सन् १९९१ मा स्वतन्त्र भएको थियो । युगोस्लाभियाबाट स्वतन्त्र हुने की नहुने भन्ने बारेमा भएको जनमत संग्रहमा ९६ प्रतिशतले पक्षमा मतदान गरेका थिए । 

रिचर्ड निक्सनलाई सफाइ
अमेरिकाका ३८ औ राष्ट्रपति बनेका जिराल्ड आर फोर्डले सन् १९७४ मा सार्वजनिक महत्वका चार हजार तीन सय ११ निर्णय गरेका थिए । जस अन्तर्गत उनले आफ्ना अग्रज तथा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले कुनै अपराध गरेको भए माफी दिने बताएका थिए । 

चर्चित वाटरगेट काण्डमा दोषी पाइएपछि अमेरिकी सदनले उनीमाथि महाभियोग लगाउने तयारी गरिरहेकै बेला उनले पदबाट राजीनामा दिएका थिए । उनलाई माफी दिने घोषणा विवादमा तानिएको थियो । त्यसको दुई वर्षपछि भएको निर्वाचनमा निक्सन पराजित हुनुमा त्यो पनि प्रमुख कारण रहेको बताइएको छ । 

 

किशोरीको दैवी शक्ति 
आजकै दिन सन् १४२९ मा फ्रान्सेली एक साामन्य गाउँले तर सुन्दर किशोरी  जोन अफ आर्कले दैवी शक्तिको आडमा तत्कालिन राजा ड्युक अफ बुरगुन्डाई अपदस्थ गरी नयाँ राजा चाल्र्स  तृतीयको सत्ताआरोहणमा सहयोग गरेकी थिइन् ।

द्वितीय विश्व युद्धमा जापानद्वारा आत्मसर्मपण
सन् १९४५ मा द्वितीय विश्व युद्धमा कोरियाली प्रायद्धीपमा प्रवेश गरेपछि जाापानले सोभियत फौज समक्ष आत्मसर्मपण गरेको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा