०८ कात्तिक, २०७८
    {
खेलकुद

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु मैदानमा नेदरल्यान्डले टर्कीलाई ६-० गोल अन्तरले पराजित गरेकाे हाे । 

एक पक्षीय खेलमा नेदरल्यान्डलाई जित दिलाउन बार्सिलोनाका स्ट्राइकर डिपाएले खेलको १६,  ३८ र ५४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । डिपाएले एक पेनाल्टी  गोल गरेका थिए ।

यस्तै, नेदरल्यान्डका लागि डाभि क्लासिन, गुस  टिल र डनयेल  मलेनले एक/एक गोल गरे ।

समूह 'जि'कै अर्को खेलमा यर्लिङ हालान्ड प्रेरित नर्वेले गिब्रार्टारलाई ५-१ गोल अन्तरले पराजित गरेकाे छ । घरेलु मैदानमा नर्वेलाई जित दिलाउन स्ट्राइकर हालाण्डले ह्याट्रिक पूरा गरे ।  उच्च लयमा रहेका हालान्डले खेलको २७, ३९ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । क्रिष्टियन थोरोस्भेत र एलेक्जाण्डर  सोरलोथले १/१ गोल गरेका थिए । 

जितसँग समूह 'जि'मा नेदरल्यान्ड र नर्वेको समान ६ खेलबाट १३ अंक छ । गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ । समान ६ खेलबाट ११ अंक बनाएको टर्की तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने

काठमाडौं : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समय अनुसार राति पाैने...

  • Puleso
  • २०७८ असोज २४ आइतबार
साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने