०२ असोज, २०७८
    {
नेपाल / प्रदेश १

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो ।

सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जनाएको छ । प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युतगृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सबस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ । आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ ।

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै स्नो रिभर्स प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका सरोकारवालासँग राय सुझाव मागेको छ । विभागले आइतबार सूचना जारी गर्दै आयोजना सञ्चालनबाट प्रतिकूल असर पर्ने भएमा सरोकारवालाले आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभागसमक्ष पेश गरिसक्नुपर्ने जनाएको छ ।

ताप्लेजुङअन्तर्गत नै काबेली खोलाबाट विद्युत् उत्पादन गर्ने गरी काबेली ‘ए’ ३४ मेगावाट, अपर काबेली २३ मेगावाट, सुपर काबेली २० मेगावाट र अपर काबेली–२ १० मेगावाट क्षमताका आयोजना प्रस्ताव गरिएका छन् । ताप्लेजुङ–पाँचथर क्षेत्रमा पर्ने २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व...

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित