झापा जिल्लामा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहि सात जनाले समाजवादी रोजेका छन ।
मंगलबार दल रोज्ने अन्तिम दिनमा आएर नेकपा एमालेका ७ जनाले समाजवादी रोजेको निर्वाचन आयोग झापाका सूचना अधिकारी प्रेम न्यौपानेले बताउनुभयो ।
समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्ड नम्बर ७ का वडाअध्यक्ष नविन इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहनुभएको जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी प्रेम न्यौपानेले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेका ५०८ जना जनप्रतिनिधि रहेका छन । एमालेबाट संघीय सांसदमा ५ जना प्रत्यक्ष निर्वाचित पवित्रा निरौला, एलपिसाँबा लिम्बु र केपी शर्मा ओली र समानुपातिकमा विमला विश्वकर्मा र कुमारी मेचे प्रदेश सांसदमा एकजना समानुपातिक सहित ९ जनामा कोही पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छैनन । यता जसपाका भने कोही पनि जनप्रतिनिधि झापामा नरहेको निर्वाचन कार्यालयका सुचना अधिकारी न्यौपानेले बताउँनुभयो ।
चितवन - चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।
आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको...
काठमाडौं - राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्।
उनले अन्य प्रतिश्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका...
काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...
काठमाडौं - लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
प्रतिभा शर्माको शब्द, प्रिय कुमारको...
प्रतिक्रिया