१२ मंसिर, २०७८
    {
संपादकीय

बीपीले कायम गरेको सम्बन्ध

  • पुलेसो
  • २०७८ भदौ २४ बिहीबार
बीपीले कायम गरेको सम्बन्ध

वि.सं. २०१६ जेठ १३ गते बीपी कोइरालाको प्रधानमन्त्रित्वमा जननिर्वाचित सरकार गठन भयो । यो सरकार जनताको हो, यसलाई हामी आफैँले आफ्नो मत दिएर बनाएका हौँ भन्ने सरकारप्रतिको अपनत्व, सद्भाव र सहयोगको भावना आमजनतासम्म पुगेको थियो । हरेक क्षेत्रमा पछिपरेको देश, नेपाललाई द्रुततर रूपले अघि बढाएर, अरू विकसित देशले एक शताब्दी लगाएर गरेका कार्यलाई नेपालले एक दशाब्दीभित्र पूरा गरेर ती विकसित देशहरूको हाराहारीमा पुग्नुपर्छ भन्ने दृढ अठोटका साथ सरकारले शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइ, खानेपानी, कृषि, यातायात, उद्योग, विद्युत्लगायत हरेक क्षेत्रमा विकास निर्माणका अनेक कार्यलाई एकसाथ अघि बढायो । बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण, मोहीको हक संरक्षण, भूमिसुधार, राजा–रजौटाको खारेजी, न्यायिक सुधार, प्रशासनिक सुधार, छुवाछूतको अन्त्य, अनेकौँ मित्रराष्ट्रसित दौत्यसम्बन्ध विस्तार आदि अनेक कार्य सरकारले ग¥यो ।

जननिर्वाचित सरकारको गठनपछि नेपालले एउटा महŒवपूर्ण र ऐतिहासिक घुम्ती पार गरेर अगाडि आयो र दरबारको सानो घेराबाट बाहिर निस्क्यो । त्यो नेपाल अब जनताको नेपाल भएको थियो । सरकारका हरेक कार्य राष्ट्रिय हितमा आधारित थिए र राष्ट्रिय सम्मानका प्रति प्रतिबद्ध थिए । धेरै राष्ट्रसित नेपालको नयाँ मैत्रीसम्बन्ध स्थापित भयो । चीन, अमेरिका, सोभियत रुस आदि देशको आवासीय दूतावास काठमाडौँमा खुले । देश निर्माणको प्रमुख सर्त नै ‘सबै राष्ट्रसितको सुमधुर सम्बन्ध हो’ भन्ने तथ्यलाई प्रधानमन्त्री कोइरालाले सधैँ सम्झिरहनुभयो ।

बर्मा र चीनको भ्रमणमा जान २०१६ फागुण २३ गते प्रधानमन्त्री बीपी कोइराला काठमाडौँबाट कलकत्ता जानुभयो । फागुन २४ देखि २६ सम्म बर्माको भ्रमण पूरा गरेर उच्चस्तरीय भ्रमण टोली फागुन २७ गते हङकङबाट क्यान्टन पुग्यो । क्यान्टनबाट विशेष विमानद्वारा उहाँहरू फागुन २८ गते पेकिङ (बेजिङ) विमानस्थलमा ओर्लनुभयो । त्यहाँ प्रधानमन्त्री चाउ एन लाई, उपप्रधान तथा परराष्ट्रमन्त्री मार्सल चेन यीलगायत अरू उच्च पदस्थ व्यक्ति र ठूलो जनसमूहले नेपालका प्रधानमन्त्री र उहाँसित आएको भ्रमण दलको हार्दिक स्वागत गरेका थिए । उहाँहरूको सम्मानमा बेजिङमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा चीन भ्रमणमा गएको यो टोली चैत ६ गते संघाइबाट चोक्याङ प्रान्तको मनोहर नगर हाङचाउ पुग्यो । त्यहाँको अतिथि गृहमा अध्यक्ष माओत्से तुङले बीपी कोइरालालगायत उहाँकी धर्मपत्नी सुशीला कोइराला तथा मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र भ्रमण दलका अरू सबैसित शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री कोइराला र अध्यक्ष माओका बीचमा दुई देशको सम्बन्धका बारेमा र नेपालको विकासमा चीनले पु¥याउने सहयोगका बारेमा कुरा भएको थियो । अध्यक्ष माओले भनेका थिए, “नेपालले द्रुततर रूपले उन्नति गरोस् भन्ने चीनको चाहना छ । त्यसको निमित्त हामी ठूलो परिमाणमा सहयोग गर्न तयार छौँ तर जति सहयोग भारतले नेपाललाई दिन्छ, त्योभन्दा केही कम सहयोग चीनसित लिनुहोस् । चीनले भारतलाई उछिन्ने प्रतिस्पर्धा गरेको जस्तो नहोस् ।” त्यही बेला माओले बीपीसित भनेका थिए, “माउन्ट एभरेस्ट नेपाल र चीनको साझा सम्पदाका रूपमा रहोस् । त्यसलाई अबदेखि हामी ‘मितेरी शिखर’ भनौँ ।” त्यसको जवाफमा बीपीले भन्नुभयो, “माउन्ट एभरेस्ट नेपालको आफ्नो सीमाभित्र पर्ने शिखर हो । यसलाई दुई देशको साझा शिखर मान्न सकिन्न ।”

माउन्ट एभरेस्ट (सगरमाथा) आफ्नो भूभागमा भएको दाबी गरेर चीनले प्रकाशित गरेको नक्सा बाहिर आयो । नेपालले सगरमाथा र त्यसभन्दा केही उत्तरसम्मको भूभाग नेपालको सीमाभित्र पर्छ भनेको थियो । त्यो नक्सा पनि सार्वजनिक भयो । यसले नेपाल र चीनबीच सामान्य विवाद सिर्जना ग¥यो तर प्रधानमन्त्री कोइराला चीन भ्रमणमै रहँदा दुई देशबीचको सीमा निर्धारण गर्न सीमा कमिसन गठन गर्ने र त्यसले सौहार्दपूर्ण रूपमा सीमासम्बन्धी विषय समाधान गर्ने उच्चस्तरीय सहमति भइसकेको थियो ।

त्यसको एक महिनाभन्दा केही पछि प्रधानमन्त्री बीपी कोइरालाको निमन्त्रणामा चीनका प्रधानमन्त्री चाउ एन लार्ई, उपप्रधान एवं परराष्ट्रमन्त्री मार्सल चेन यीसमेतको एक उच्चस्तरीय टोली भारतको भ्रमणपछि २०१७ वैशाख १४ गते दिल्लीबाट काठमाडौँ आयो । वैशाख १५ गते बीपी कोइरालासँगै चाउ एन लाई र उनको भ्रमण दलका सबै सदस्य पोखरा गए र १६ गते काठमाडौँ फर्के । १६ गते नै प्रधानमन्त्री चाउ एन लाईले नेपाली संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे । त्यस दिन चाउ एन लाई धेरै कार्यक्रममा व्यस्त रहे । त्यस दिन दुई देशका प्रधानमन्त्रीले शान्ति सन्धिमा हस्ताक्षर गर्नुभन्दा केही पहिले राति १० बजे प्रधानमन्त्री चाउ एन लाईले सिंहदरबारको ग्यालरी बैठकमा पत्रकारहरूसित भेटघाट गरेका थिए । त्यसमा प्रधानमन्त्री कोइरालाको पनि उपस्थिति थियो ।
चीनले नेपालसितको सीमा विवाद कसरी सुल्झाउँछ ? भन्ने एक भारतीय पत्रकारको प्रश्नमा प्रधानमन्त्री चाउ एन लाईले भनेका थिए, “यो हामी दुई देशबीचको कुरा हो । यसलाई हामी विवाद ठान्दैनौँ । भारतले यसमा सरोकार राख्न आवश्यक छैन । विस्तृत भूभागमा फैलिएको चीन यदि नेपाल चाहन्छ भने केही स्क्वायर माइल जमिन नेपाललाई प्रदान गर्नसमेत सक्छ ।”

चाउ एन लाईको यो अभिव्यक्तिपछि उत्साहित नेपाली पत्रकारले माउन्ट एभरेस्ट (सगरमाथा) माथि चीनको दाबीको बारेमा चाउ एन लाईसित सोधेका थिए । चाउ एन लाईले भने, “प्रधानमन्त्री बीपी कोइराला चीनको भ्रमणमा रहँदा हामीले आपसमा जुन नक्सा आदानप्रदान गरेका थियौँ, त्यसमा एउटै शिखरलाई चीनको नक्सामा ‘चोमोलुङमा’को नामले चीनको सीमाभित्र र नेपालको नक्सामा ‘माउन्ट एभरेस्ट’ (सगरमाथा)को नामले नेपालको सीमाभित्र राखिएको पायौँ । प्रधानमन्त्री कोइरालाले माउन्ट एभेरेस्ट वा सगरमाथा नेपालको हो भन्नुभयो । अध्यक्ष माओसँग पनि यसबारेमा छलफल गर्नुभयो । नेपालले प्रस्तुत गरेको त्यही नक्सालाई हामीले मान्यता दियौँ र हामीले हाम्रो नक्सालाई बदर ग¥यौँ ।” प्रधानमन्त्री चाउ एन लाईले सगरमाथा वा चोमोलुङमाको आफ्नो दाबीलाई छाडेर यो शिखर नेपालको हो भन्ने यथार्थलाई स्वीकार गरेका थिए । यसले नेपाल र चीनबीचको मित्रतालाई अझ सौहार्दपूर्ण र प्रगाढ पारेको थियो । जननिवार्चित प्रधानमन्त्री बीपी कोइरालाको राष्ट्रहितप्रतिको प्रतिबद्धता तथा उहाँको मित्रराष्ट्रसितको परिपक्व व्यवहारबाट सगरमाथाको विवादको छिट्टै र सहज समाधान भएको थियो ।

 

२०१७ असार १५ गते नेपालको मुस्ताङमा आफ्नो सीमाभित्र गस्तीमा गएको नेपाली सेना र भन्सारमा कार्यरत कर्मचारीको निशस्त्र टोलीमाथि चीनको सशस्त्र सेनाले गोली चलायो । नेपाली सेनाका सुबेदार बमप्रसाद बाँस्कोटा मारिए । मृतकको शवलाई, गस्तीमा रहेकाहरूलाई र उनीहरूका घोडासमेतलाई चिनियाँ पक्षले लिएर गए । चीनको सशस्त्र सेनाले नेपालभित्र प्रवेश गरेर नेपाली गस्ती टोलीमाथि गोली चलाएको यो एउटा गम्भीर घटना थियो । यसबारेको समाचार प्राप्त हुनेबित्तिकै १६ गते प्रधानमन्त्री कोइरालाले चीनका प्रधानमन्त्री चाउ एन लाईलाई विरोधपत्र पठाउनुभयो । नेपालका प्रधानमन्त्रीको पत्र प्राप्त हुनासाथ चीनका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई पत्र पठाए । पत्रमा उनले ‘चीन सरकारले यसबारेको सबै जानकारी गराउन सम्बन्धित निकायलाई भनिसकेको छ । जानकारी प्राप्त हुनासाथ नेपाल सरकारलाई यसको सबै विवरण अवगत गराउने छौँ । साथै यो दुर्भाग्यपूर्ण घटना भएको रहेछ भने त्यसप्रति चीन सरकारले दुःख प्रकट गर्ने छ र नेपालीहरू थुनामा छन् भने उनीहरू सबैलाई तुरुन्त सम्मानपूर्वक रिहा गरिनेछ’
भनेका थिए ।

बीपी कोइराला र चाउ एन लाईको बीचमा पत्रहरू आदानप्रदान भइरहे । चाउ एन लाईले असार १९ गते बीपीलाई पठाएको पत्रमा ‘निम्नस्तरका केही कर्मचारीको लापरबाहीका कारण यो दुःखदायी घटना भएको हो’ भन्ने कुरा स्पष्ट उल्लेख गरेका थिए र उनले नेपाल सरकारसँग क्षमायाचना गरेका थिए । यसमा नेपालको मागअनुसार क्षतिपूर्ति दिन पनि मञ्जुर गरेका थिए । सुबेदार बमप्रसादको मृत शरीर, थुनामा रहेकाहरू, उनीहरूका घोडा र अरू सामानलाई जुलाई ४ (असार २१) का दिन कोर भञ्ज्याङबाट २५० मिटर दक्षिणमा पु¥याएर, चीन सरकारको विशेष टोलीले नेपाल सरकारको टोलीलाई हस्तान्तरण ग¥यो । सुबेदारको शवमा सम्मान व्यक्त गर्दै, चीनको सीमा सुरक्षा टोलीले सलामी अपर्ण गरको थियो । सुवेदार बमप्रसाद बाँसकोटा ओखलढुङ्गा जिल्लाको थाक्ले
निवासी थिए ।

जुलाई १२ (असार २९)का दिन चीनका प्रधानमन्त्री चाउ एन लाईले नेपालका प्रधानमन्त्री बीपी कोइरालाई पुनः अर्को पत्र पठाए । त्यसमा नेपालले माग गरेअनुसार ५० हजार रुपियाँ क्षतिपूर्ति पठाउने कुरा लेखेका थिए । अब यस्ता घटना नदोहो¥याउन कडा आदेश दिएको कुरा पनि त्यो पत्रमा उल्लेख गरेका थिए । त्यस बेला चीनको काठमाडौँमा आवासीय दूतावास थिएन । यो घटनाबाट चीनको नेपालसितको सम्बन्धमा कुनै अवरोध आउन नदिन, पेकिङले चीनको सार्जे द एफयर्सलाई दिल्लीबाट काठमाडौँ पठाएको थियो । निकै दिनसम्म काठमाडौँमा रहेर, सार्जे द एफयर्सले दुई देशको सुमधुर सम्बन्ध कायम गर्न सहयोग पु¥याइरहे । प्रधानमन्त्री चाउ एन लाईले आफ्नो पत्रमा दुई देशको सम्बन्धलाई अझ सद्भावपूर्ण बनाउन छिट्टै एक–अर्काको राजधानीमा आ–आफ्ना आवासीय दूतावास स्थापना गर्न र सम्पर्कका साधान आकाशवाणी र रेडियो राख्न आवश्यक छ भनेका थिए । त्यसको केहीपछि काठमाडौँ र पेकिङमा चीन र नेपालको आवासीय दूतावासको स्थापना भयो ।

प्रधानमन्त्री कोइरालाको राष्ट्रिय हितप्रतिको प्रतिबद्धता, मित्रराष्ट्रसितको परिपक्व र सद्भावपूर्ण व्यवहार, सबै विषयमा स्पष्ट दृष्टिकोण आदिबाट सबै मित्रराष्ट्रका नेतामा बीपीप्रति आत्मीयता, भरोसा र आदरभाव थियो । चीनका नेताको पनि बीपी कोइरालाप्रति बेग्लै सम्मान थियो । त्यसैले सगरमाथासम्बन्धी विवाद एवं मुस्ताङको यो दुःखदायी घटनाको विवाद पनि छिट्टै सौहार्दपूर्ण रूपमा सामाधान भएको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार