०८ कात्तिक, २०७८
    {
समाज

धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने

  • Puleso
  • २०७८ भदौ २४ बिहीबार
धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने

राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ । 

१८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसकेपछि मूल्य वृद्धि भएको छ । 

सडक यातायात सञ्चालन नहुँदा धौलागिरि क्षेत्रबाट उपचारको लागि पोखरा, काठमाडौं तथा देशका अन्य ठूला अस्पतालमा जानुपर्ने बिरामी मर्कामा परेका छन् । आपतकालीन अवस्थाका बिरामीका आफन्तले चर्काे भाडा तिरेर हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् । 

एक सातादेखि सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यान्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यन्न स्टक छ’, उन भने, ‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले अवरुद्ध सडक खुलाउने काम जारी राखेको छ । अन्य क्षेत्रको पहिरो पन्छ्याउने काम सकिए पनि मोदी गाउँपालिकाको पातीचौरमा खसेको ठूलो चट्टान हटाउन कठिन भएको मध्यपहाडी लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर उज्जवल शर्माले बताए । नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुंगालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने कार्य भइरहेको छ । 

बिहीबार साँझसम्म लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आउने इन्जिनियर शर्माको भनाइ छ । पहिरोले क्षतविच्छेद गरेको क्षेत्रमा तीनवटा डोजर प्रयोग गरेर ढुंगा माटो हटाउने काम भएको छ ।
‘अन्य ठाउँमा समस्या छैन’, इन्जिनियर शर्माले भने, ‘पातीचौरको ढुङ्गा हट्यो भने सडक नियमित सञ्चालन हुन्छ ।’ पहिरोले धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । फाइबार तार परेपछि सेवा प्रभावित बनेको हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा