०२ असोज, २०७८
    {
राजनीति

कांग्रेस अधिवेशन : त्रियुगा नगर सभापतिमा खड्का र चौधरीको प्रतिस्पर्धा

  • Puleso
  • २०७८ भदौ २४ बिहीबार
कांग्रेस अधिवेशन : त्रियुगा नगर सभापतिमा खड्का र चौधरीको प्रतिस्पर्धा

नेपाली कांग्रेस त्रियुगा नगर समितिको २७ भदौमा हुने नगर समितिको अधिवेशनका लागि धमाधाम उम्मेदवारी घोषणा भइरहेको छ । त्रियुगा नगर सभापतिमा प्रकाशकुमार खड्का र सुमन चौधरीले उम्मेदवारी घोषणा गरेको छ । 

अहिलेसम्म दुई जनाको उम्मेदवारी परेको अन्तिम समयसम्म यो संख्या घटबढ हुन सक्ने बताइएको छ । त्रियुगा नगर समिति सचिव चौधरी र  खड्काले कांग्रेसको १४औं महाधिवेशनमा नगर सभापतिको पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।

अहिलेको १४ औं महाधिवेशनमा पाका र पुराना नेतालाई सम्मान गर्दै युवा नेतृत्वले पार्टीमा अवसर पाउनुपर्ने चौधरीले बताए । उनले जनताको सेवाको लागि राजनीतिमा आएको भन्दै त्यसैका लागि १४औं महाधिवेशनमा आफूले नगर सभापतिमा उम्मेदवारी दिएको बताए । 

त्यसैगरी, खड्काले नगरपालिकामा कांग्रेसको संगठनलाई सुदृढीकरण गर्ने र मजबुत बनाउने योजनासहित नगर सभापतिमा उम्मेदवारी दिएको बताए । खड्का वडा नं. १० का वडाध्यक्षसमेत हुन् । खड्का संस्थापन पक्ष हुन् भने चौधरी रामचन्द्र पौडेल प्यालनका हुन् । 

खड्का प्यानलबाट उप सभापतिमा निरबहादुर आले मगर, गणिता कुमारी चौधरी, सचिवमा केशवप्रसाद पौडेल, भविन्द्र राई, सहसचिवमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउतको उम्मेदवारी परेको छ । 

त्यसैगरी चौधरीको प्यानलमा उपसभापति उमेश बुढाथोकी र शर्मिला थापा (सबु), सचिव रुद्रप्रसाद पोखरेल र धनबहादुर कटुवाल (डिबी), सहसचिवमा किरण कोदारे दनुवार र नबिन राईको उम्मेदवारी रहेको छ । 

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व...

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित