०२ असोज, २०७८
    {
राजनीति

मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • Puleso
  • २०७८ भदौ २५ शुक्रबार
मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ । 

गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ ।

सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्ण दिने जनाइएको छ । 
सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक-पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् । 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ । दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन नसकेका बेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली पनि बिहीबारदेखि काठमाडौंमा छ ।

कांग्रेस र जसपा एमसिसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व...

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित