०२ असोज, २०७८
    {
राजनीति

विवादका बीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

  • Puleso
  • २०७८ भदौ २५ शुक्रबार
विवादका बीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन सुरु भएकाे छ ।

जिल्ला कार्यसमितिले बहिस्कारकाे निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२  वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । 

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएकाे अधिवेशनमा आफूहरुकाे सहभागिता नहुने न्युज कारखानालाई बताए । सभापति देउवा पक्षधरले एकलाैटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मकाे टुंगाे केन्द्रबाटै लगाएकाे मल्लकाे आराेप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।

 

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि  निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेकाे आराेप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व...

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित