०८ कात्तिक, २०७८
    {
राजनीति

सञ्‍चार मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्र कार्कीलाई, कुन पार्टीलाई कुन मन्त्रालय ? 

  • Puleso
  • २०७८ असोज २१ बिहीबार
सञ्‍चार मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्र कार्कीलाई, कुन पार्टीलाई कुन मन्त्रालय ? 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्‍चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्‍चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

सत्ता साझेदार दलहरुबीचको मन्त्रालय भागबण्डा गर्दा कानुन मन्त्रालय छोड्‍नुपर्ने भएपछि नेपाली कांग्रेसका नेता कार्कीलाई सञ्‍चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुले ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हुन्।

बालुवाटारमा बिहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो।

नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार–चार मन्त्रालय लिने सहमति गरेका छन्। एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।

उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको हो। नेताहरुको सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ।

सत्ता गठबन्धनका नेताहरूबीच आज मन्त्रालयको भागवण्डा मिलेपछि भोलि(शुक्रबार) मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा