०८ कात्तिक, २०७८
    {
खेलकुद

५० लाख राशीकाे इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

  • Puleso
  • २०७८ असोज २१ बिहीबार
५० लाख राशीकाे इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।

काठमाडौं : ५० लाख राशीकाे भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।

दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाइनल पुगिसकेको छ। बिहीबार भएको खेलमा भैरहवाले दिएको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै पूरा गर्‍यो।

पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए। पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गर्दै जित निकाले। साहानले ४४ बल खेल्दै सात चौका मद्दतमा अविजित ५३ रन बनाए। विपिनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ४० रन जोडे।

भैरहवाका भुवन कार्कीले तीन ओभरमा एक मेडन राख्दै १६ रन खर्चेर दुई विकेट लिए। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन जोडे। शरदले ३३ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरे। यस्तै आरिफ शेखले २४ बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा २७ रन जोडे। आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।

यस सिजनान पहिलो पटक ओपनिङ गरेका रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए। बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २/२ विकेट लिए। साहानले चार ओभरमा १५ रन खर्चिए भने किशोरले चार ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए।

नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा