०८ कात्तिक, २०७८
    {
राजनीति

शितल निवास पुग्दापुग्दै कसले काट्यो प्रमोद साहको नाम ?

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
शितल निवास पुग्दापुग्दै कसले काट्यो प्रमोद साहको नाम ?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार विहानसम्म चारजना मन्त्रीको नाम चयन गर्दा प्रमोद साहको नाम पनि थियो।

पार्टीका शीर्ष नेताहरूको छलफलले चारजना मन्त्रीमध्ये प्रमोद साहको नाम पनि राखेको थियो। उनलाई कृषि तथा पशुपंछी विकास मन्त्रीमा पठाउने शीर्ष नेताहरुले निर्णय गरेका थिए।

शीर्ष नेताहरुको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरे। उनी आफू मन्त्री हुनेमा ढुक्क थिए। फोन र म्यासेजबाट बधाई तथा शुभकामना आइरहेको थियो । शुक्रबार  दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो।

त्यसमा प्रमोद साहको ठाउँमा महेन्द्र राय यादवको नाम थियो। सुरुदेखि नै जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने कि अर्का सदस्य महेन्द्र राय यादवले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा विवाद थियो।

शीर्ष नेताहरुको छलफलमा राजेन्द्र श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि महेन्द्रराय यादव मन्त्री हुनेबाट ब्याक भएका थिए। बैठकले चारजनाको नामलाई अन्तिम रुप दिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीको सूचीमा प्रमोद साहको नाम परेन ।  

‘मलाई पनि आश्चर्य लागेको छ, पार्टीबाट मेरो नाममा सहमति भएको थियो तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा मेरो नाम काटिएको छ यो कसरी भयो मलाई पनि आश्चर्य लागेको छ’ मन्त्रीको सूचीमा नाम नपरेपछि साहले भने। महेन्द्रराय यादव र प्रमोद साह दुवैजना सर्लाहीका हुन्।

दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्र राय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए । तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गएका थिए।

पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन।

त्यसबाट साह असन्तुष्ट थिए। त्यसपछि उनीसहित सातजना सांसदहरुले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए।

प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेका थिए । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा उनको नाम काटिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा