०८ कात्तिक, २०७८
    {
राजनीति

तीन दिनमै उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

  • Puleso
  • २०७८ असोज २४ आइतबार
तीन दिनमै उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन्।

हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन्। २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका छन्।

हमालले त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेको बताए। ‘मैले राजीनामाको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छु।

आज गएर राजीनामा बुझाउँछु। देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्नकै लागि आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको पनि हमालले बताए।

तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा सो पार्टीको बाँके जिल्ला सभापति भएका हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन्।

जबराकै कोटामा उनलाई मन्त्री बनाइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री देउवा, प्रधानन्यायाशीश जबराको चर्को आलोचना भइरहेको छ

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा