०८ कात्तिक, २०७८
    {
राजनीति

नेपालकाे निर्देशन : रक्सि पिउँने बानी त्याग्नुहोस्, महिलासँग नाम नजोडियोस्

  • Puleso
  • २०७८ असोज २४ आइतबार
नेपालकाे निर्देशन : रक्सि पिउँने बानी त्याग्नुहोस्, महिलासँग नाम नजोडियोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन्।

उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए। उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराए।

कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए। अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिए। पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिए।

उनले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे। मन्त्रीहरूको सल्लाहकार, पिएलगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनले सुझाए।

‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ’ नेपालले भने, ‘मन्त्रीहरु रक्सी खाएर मात्तिएर, बेलुकी फाइभस्टार होटलमा गएको देखिएको, रक्सी खाने बानी छ भनेपनि त्याग्न र महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईहरुबाट नहोस्।’

उनले पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्न पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दुमा राखेर काम सम्पन्न गर्न निर्देशन दिए।

विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्न तथा गठबन्धनको भावनाअनुरुप अरू दलसँगसमेत सहकार्य गर्नेगरी कार्यसम्पादन गर्नु उनले सुझाए।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडि नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुन निर्देशन दिए। 

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने

काठमाडौं : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समय अनुसार राति पाैने...

  • Puleso
  • २०७८ असोज २४ आइतबार
साफमा भारतलाई हराएमा नेपाल फाइनल पुग्ने