१२ मंसिर, २०७८
    {
समाज

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

  • पुलेसो
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अछाम प्रहरीका अनुसार दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ ।

उनीहरू मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ । 

जिल्ला अस्पताल अछामका अनुसार १२ जनाकाे उपचार भइरहेकाे छ । एक जनालाई बयालपाटा असपताल रेफर गरिएको छ भने थप एक जनालाई पनि रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल अछामका डाक्टर प्रेमप्रसाद ढुंगानाले बताए ।

घाइते मध्ये वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो। जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल बिनायक नगरपालिका-२ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षीय हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली, १८ वर्षीय सन्तोष ढकाल, १९ वर्षीय दिपेन्द्र धामी छन् ।

यस्तै घाइते हुनेहरूमा वडा नं. ८ का २२ वर्षीय खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षीय दिक्षत भण्डारी र मंगलसेन नगरपालिका-५का मेघराज भाट छन्।

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश