१२ मंसिर, २०७८
    {
समाज

स्याङ्जामा जीप दुर्घटनामा तीन जनाको मृत्यु, १४ घाइते

  • पुलेसो
  • २०७८ असोज २५ सोमबार
स्याङ्जामा जीप दुर्घटनामा तीन जनाको मृत्यु, १४ घाइते

काठमाडौं : स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ।

आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँकै तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ। जीपमा सवार १९ जनामध्ये दुई जनाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा र एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

जिप कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाको छ। दुर्घटनामा पर्नेहरू दशैँको बेला किनमेल गरी बजारबाट गाउँतर्फ फर्किदै गरेका थिए।

प्रहरीका अनुसार चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश