०८ कात्तिक, २०७८
    {
अर्थ

सेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम पनि घट्यो

  • Puleso
  • २०७८ असोज २५ सोमबार
सेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम पनि घट्यो

काठमाडौं : सेयर बजार निरन्तर ओरालो लागेको छ। हिजो आइतवार १८ अङ्कले घटेको नेप्से परिसूचक आज सोमवार २३ दशमलव १९ अंकले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ। 

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ।

आज महालक्ष्मी विकास बैंक र रैराङ हाइड्रो कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्र बजार घटे पनि ग्लोबल आइएमई समुन्नत स्किमको सेयर झन्डै १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको सेयर आठ प्रतिशतले बढेको छ।

आझ दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन लगानी समूह सर्वाधिक १.०७ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको वृद्धि भएको छ।

आज अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.१२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत, अन्य लघुवित्त समूहमा १.२६ प्रतिशत र जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएका छन्। आज नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ९८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को ९ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४९ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरूले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ झन्डै ८ प्रतिशतले उकालो लागेको छ। सेयर बजारमा आज दसैँअघिको अन्तिम कारोबार हो। बजार अब असोज ३१ गतेमात्र खुल्नेछ। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा