०८ कात्तिक, २०७८
    {
राजनीति

स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

  • Puleso
  • २०७८ असोज २६ मंगलबार
स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।

दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गरेका हुन्।

प्रचण्डले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो।’

सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु–याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार भएको पनि उनले सन्देशमा भनेका छन्।

चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन अपिल पनि गरेका छन्।

शुभकामना
दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो।

हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो।

कोरोना भाइरस ९कोभिड–१९० का कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै पुनः एकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
२६ असोज, २०७८ 
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप...

अछाम :  अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

  • Puleso
  • २०७८ असोज २५ सोमबार
दशैँकाे मुखैमा अछाममा जन्ती बाेकेकाे जीप दुर्घटना, ४ काे मृत्यु

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो...

काठमाडौं : सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको विषय सत्य नभएको स्पष्ट पारेको छ।

 

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
प्रधानन्यायाधीशका लागि कोटा छुट्याइएको हल्ला हो : कार्की

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा