१२ मंसिर, २०७८
    {
समाज / प्रदेश १

प्रदेश १ : सवारी दुर्घटनामा ७ को मृत्यु, ७ घाइते

  • पुलेसो
  • २०७८ कात्तिक २१ आइतबार
प्रदेश १ : सवारी दुर्घटनामा ७ को मृत्यु, ७ घाइते

विराटनगर : मोरङ, झापा र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन्।

शनिबार बेलुका ६ बजे मोरङको केराबारी गाऊपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो भने पछाडी सवार लेटाङ नगरपालिका २ कि ४५ वर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको हो। 

गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्प बहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा लिएको छ।

यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० वर्षीय सत्रुघन साहको साइकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भई उपचारको लागी रंगेली अस्पताल लानै क्रममा मृत्यु भएको छ।

यस्तै, शनिबार बेलुका ६ बजे  उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पूर्वतर्फ जाँदै गरेको  स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्वतर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ वर्षीय कुल प्रसाद भण्डारी रहेका छन् उनको न्युरो विराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका १२ का ५२ वर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाइते भएका छन्। उनिहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ।

यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सीसी पल्सर  मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटरमा सवार चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाइकल पछाडी सवार झापा हल्दिबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामा घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। 

घाइते मध्ये स्कुटी पछाडी सवार कार्कीको राति ९ बजे उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले खोज तलास भइरहेको छ।

यस्तै हिजो राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका ४ जना घाइते भएका थिए।

घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१ वर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय प्रविण मेचे रहेका छन्। 

घाइते मध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको छ भने बाँकी ३ जना घाइतेहरुको सोही अस्पतालमानै उपचार भइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश