१२ मंसिर, २०७८
    {
शिक्षा / प्रदेश ७

बृद्धि गरिएको पारिश्रमिकको माग अघि सार्दै भीमदत्तका बालविकास र विद्यालय कर्मचारीको आन्दोलन

  • पुलेसो
  • २०७८ मंसिर ०९ बिहीबार
बृद्धि गरिएको पारिश्रमिकको माग अघि सार्दै भीमदत्तका बालविकास र विद्यालय कर्मचारीको आन्दोलन

बैतडी । नेकपा माओवादी केन्द्र सिगास गाउँपालिका ९ को वडाध्यक्षमा हर्क बहादुर धामी चयन भएका छन ।

कञ्चनपुरको भीमदत्त नगर सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारी बुधबारदेखि भीमदत्त नगरमा आन्दोलित भएका हुन । संघ सरकारले चालु आर्थिक बर्ष २०७८÷०७९ मा सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षक, कर्मचारीको मासिक १५ हजार पु¥याउने घोषणा गरेको थियो ।

 

तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले बाल विकासका शिक्षक, विद्यालय कार्यालय सहयोगीको मासिक १५ हजार र लेखातर्फका कर्मचारीको एकमुष्ठ २० हजार २ सय रुपैया मासिक पु¥याउने घोषणा गरेपनि भीमदत्त नगरपालिकाले बृद्धि नगरेको भन्दै बाल विकासका शिक्षक, कार्यालय सहयोगी र लेखापालले नगरपालिका बिरुद्धमा आन्दोलन गरेका हुन ।

 

यस अघि भीमदत्त नगरपालिकालाई चालु आर्थिक बर्षमा बृद्धि गरिएको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग अघि सारेर ज्ञापन पत्र डेलिगेशन दिएका थिए । तर पनि भीमदत्त नगरपालिकाले वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । बिहीबार भीमदत्त नगरपालिकाको नगर शिक्षा शाखामा तालाबन्दी गर्दै धर्ना तथा बिरोध गरिरहेका छन ।

 

नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका कोषाध्यक्ष मेख नाथले संघ सरकारले बृद्धि गरेको पारिश्रमिक अन्य पालिकाले दिएपनि भीमदत्त नगरपालिकाले आलटाल गरेकाले तालाबन्दी गरेर आन्दोलित हुनु परेको बताए । आन्दोलनका कारण भीमदत्त नगर शिक्षा शाखाको कामकाज दुईदिनदेखि ठप्प भएको छ । भने विद्यालयको पठन पाठन बन्द, लेखा प्रशासन र विद्यालय बन्द भएपनि भीमदत्त नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयका अध्ययनरत विद्यार्थी मारमा परेका छन ।

 

‘अन्य पालिकाले पारिश्रमिक दिन हुने धनी र हाम्रो नगरपालिकाले किन ?दिन नहुने हामीमाथि विभेद गरियो, ‘नेपाल विद्यालय कर्मचारी परिषदका कोषाध्यक्ष नाथले भने, ‘कञ्चनपुरका अन्य पालिकाले संघ सरकारले गरेको निर्णय पालना गरेको छ, तर भीमदत्त नगरले गरेको छैन ।’ नेपाल बाल विकास शिक्षक संघर्ष समिति कञ्चनपुरका सचिव लक्ष्मी पाण्डेले हामी न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल विकास शिक्षक, विद्यालय कर्मचारी र लेखा समुहका कर्मचारीमाथि विभेद र उपेक्षा गरिएको बताए ।

 

उनले भीमदत्त नगरका जनप्रतिनिधीले आफुहरुसंग दादागिरी र तानाशाही प्रवृतिमा व्यवहार गर्ने गरेको दुखेसो पोखिन । ‘जनप्रतिनिधीले हाम्रो कुरै सुन्दैन, ‘उनले भनिन, ‘हाम्रो पीडा बुझ्ने कामै हुँदैन, कम्यूनिष्ट जनप्रतिनिधीपनि यतिसम्म क्रुर हुँदा रहेछन ।’ निम्नस्तरका कर्मचारीको बृद्धि विकासका लागि कम्यूनिष्ट जनप्रतिनिधीले सहयोगको साटो उल्टै हेप्नेचेप्ने काम गरेको दुखेसो पोखिन ।

 

कोरोनाका कारण चालु शैक्षिक सत्रमा पठन पाठन हुन नसकेको भीमदत्त नगरका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक, विद्यालय कर्मचारीको आन्दोलनका कारण विद्यार्थी मारमा पर्दा समेत सरोकारवाला गैर जिम्मेबार बन्दै गएका छन । बाल विकासका शिक्षक, विद्यालय सहयोगी कर्मचारी र लेखा तर्फबाट कर्मचारीको पारिश्रमिकको माग अघि सारेर गरेको आन्दोलनमा सात शिक्षक संघ संगठनले ऐक्यबद्धता जाहेर गरेका छन ।

 

पेशागत हकहितको आन्दोलनप्रति सर्मथन जनाएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष पुष्पराज ओझा, नेपाल शिक्षक संघ संघ नगर अध्यक्ष मदन बहादुर विष्ट, एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष बिरेन्द्र प्रशाद भट्ट, अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष गोपाल दत्त जोशी, अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष ओम प्रकास जोशी, शिक्षक सिकाई अनुदान सिकाई केन्द्रका अध्यक्ष बलबिर सिह भण्डारी र अखिल नेपाल शिक्षक संगठन इन्चार्ज पुष्पमणी जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालय बन्दका कारण विद्यार्थीले पढने पाउने अधिकार गैसगिक अधिकारमा प्रभाव परेको हुँदा माग सम्बोधन गर्न माग अघि सारेका छन । माग पुरा नहुँदासम्म विद्यालय निरन्तर आन्दोलन बन्द हुने जनाईएको छ ।

 

नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरका अध्यक्ष लक्ष्मण भट्टले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको हकमा संघ सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग अघि सारेका छन । ‘अन्य नगरपालिकाले संघ सरकारले गरेको निर्णय पालना गर्न हुने, ‘उनले भने, ‘भीमदत्त नगरपालिकाले गर्न किन आलटाल ।’अघिल्लो केपी ओली नेतृत्वको सरकारले बजेट मार्फत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको मासिक १५ हजार दिने निर्णय गरेको थियो । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले संघ सरकारले दायित्व सारेर पालिकामाथि भार थपेको बताए ।

 

केपी ओली नेतृत्वको यहाँहरुकै पार्टीको सरकारले बृद्धि गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय तपाईले कार्यान्वयन गर्न किन ? ढिलाई भन्ने प्रशनमा दोस्रो देउवा सरकारले दायित्य नदिएको बताए । विद्यालयको अनुगमन गरेर बृद्धि गरिएको तलब दिने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार