सोल - दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ ।
लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी देखिदै आएको छ । पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ । अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए ।
त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ ।
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया