०८ चैत, २०७९
    {
राजनीति / मधेस प्रदेश / समाचार

काँग्रेसले एक सय सिटभन्दा कममा गठबन्धन गरे पार्टीभित्र विद्रोह हुन्छ : नेता कोइराला

  • पुलेसो
  • २०७९ भदौ २२ बुधबार
काँग्रेसले एक सय सिटभन्दा कममा गठबन्धन गरे पार्टीभित्र विद्रोह हुन्छ : नेता कोइराला

जनकपुरधाम  - नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेसले पाँच दलको बीचमा गठबन्धन गर्दा एक सय सिटभन्दा कममा गठबन्धन गर्न नहुने बताएका छन् । 

काँग्रेसका नेता कोइरालाले आज जनकपुर विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसमा वडा तहदेखि निर्वाचित भएका नेताहरूको सङ्ख्या ठूलो भएकाले पार्टीको नेता व्यवस्थापनका लागि प्रतिनिधिसभामा एक सय सिटभन्दा कममा पाँच दलका बीचमा गठबन्धन गरेको खण्डमा पार्टीभित्र विद्रोह हुने अवस्था भएको बताए । 

उनले नेपाली काँग्रेसको केन्द्रीय समितिले पाँच दलको बीचमा गठबन्धन गर्ने  निर्णय गरिसकेकाले गठबन्धन हुनेमा आशङ्का नभए पनि काँग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले दलका नेताहरूले कम सिटमा सहमति गर्न नहुने बताए । नेता कोइरालाले जीतको सुनिश्चितता भएको ठाउँमा मात्र गठबन्धन दलका बीचमा सहमति हुनु पर्ने धारणा राख्दै गठबन्धन दलका बीचमा भएको सहमति अनुसार अगामी सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने बताए ।

एक प्रश्नको जवाफमा नेता कोइरालाले कुनै दललाई काँग्रेसले ठूलो पार्टीलाई बनाई दिनुपर्ने बाध्यता नभएको बताउँदै पार्टीले गठबन्धन गर्दा पार्टी हितलाई सर्वोपरि राख्नु पर्ने बताए। उनले जिल्ला जिल्लाको भ्रमण गर्दा गठबन्धन काँग्रेसले गर्न नहुने आवाज पनि उठेको बताए । 

 

जनकपुर विमानस्थलमा नेता कोइरालालाई स्वागत गर्नका लागि नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेता रामकृष्ण यादव र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितका नेताहरू उपस्थित रहेको थियो ।

नेपाल प्रेस युनियनको भोलिदेखि जनकपुरधाममा हुन लागेको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नका लिनका लागि नेता कोइराला आज जनकपुरधाम आएका  हुन् । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प