सल्यान - सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
परम्परागत खेतीभन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन । अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन् ।
१५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी कपुरकोट गाउँपालिका ५ की गीता गिरीले पछिल्लो समय महिलाहरू पनि व्यावसायिक तरकारी खेतीमा जुटेको बताए । एक सिजनमा बजार मूल्य राम्रो भएमा १५ देखि १६ लाखसम्म आम्दानी हुने उनको भनाई छ । उनले भने “हामीले बेमौसमी तरकारी खेती गर्ने भएको मूल्यको त समस्या हुँदैन तरकारीले मूल्य पाएन भनेको वर्ष पनि केही नभए पनि १० देखि ११ लाखसम्म आम्दानी हुन्छ ।”घरायसी काममा मात्र व्यस्त हुने महिलाहरू पनि व्यवसायतिर आकर्षित हुँदै आइरहेको उनको भनाई छ । जसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहज बनाएको छ ।
यस्तै, विगत २६ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका प्रकाश केसीले तरकारी खेती त्यागेर विदेश जाने कहिले सोज नआएको बताए । एक सिजनमा घरमै बसी कम्तीमा पनि ८ लाखसम्म आम्दानी भइहाल्छ । त्यति आम्दानी भएपछि विदेश जाने सोच आउने कुरा पनि भएन उहाँले भन्नुभयो । उनले भने “मैले तरकारी खेती सुरु गरेको झन्डै २६ वर्ष भयो अहिलेसम्म निरन्तर गरी रहेको छु । आज भोलि त झनै पहिलेको जस्तो तरकारी बोकेर बजार जानु पर्दैन । आफ्नै घर आँगनबाट गाडीले लैजान्छ ।”
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता कपुरकोटवासीमा नरहेको अर्का किसान डिल्ली केसीले बताए । कपुरकोट गाउँपालिकाका झन्डै ३५ सय किसानले तरकारी खेती गर्दै आइरहेको बताउँदै उनले विदेशको भन्दा राम्रो आम्दानी आफ्नै जमिनमा गरी रहेको बताए । जेठको दोस्रो साता देखि मङ्सिर अन्तिमसम्म यहाँका किसानलाई तरकारी बजारीकरण गर्नमै फुर्सद नहुने केसीको भनाई छ ।
विदेशमा बगाउने श्रम र पसिना यदि आफ्नै खेतबारीमा बगाउन सक्ने हो भने विदेशको भन्दा बढी पैसा कमाउन सकिने किसान किरण डिसीको भनाई छ । एक जनाले सिजनमा ५ देखि ६ लाख कमाउन सकिन्छ भने विदेश किन जानेप्रति प्रश्न गर्दै डिसीले भने “विदेशको मोह त्यागौँ विदेशमै केही गरेर स्वरोजगार बनौँ ।”
सल्यान मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात ठाउँका रुपमा चिनिन्छ । जिल्लामा वार्षिक ८० करोडको तरकारी उत्पादन हुने कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषिलाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्न र किसानहरूलाई कृषिबाट नै आत्मनिर्भर बनाउन कृषि ब्लक निर्माण गरि रहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिए । उनले भने “जिल्लाका किसानको तरकारी नगदेबालीको रुपमा रहेको छ । जिल्लामा मौसमी भन्दा बेमौसमी तरकारी बढी उत्पादन हुँदै आइरहेको छ ।”
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया