०६ वैशाख, २०८१
    {
राजनीति / समाचार

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय छन् : अध्यक्ष दाहाल

  • पुलेसो
  • २०७९ असोज ०७ शुक्रबार
मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय छन् : अध्यक्ष दाहाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई  सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे । अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए । उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यति बेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताए । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गरे ।  

“हामीले आवाज उठाएनौँ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकि यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ”, उनले भने । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिद्ध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए । 

“भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेट भयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ”, अध्यक्ष दाहालले भने। आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उनले अहिले करोडौँ खर्च गरेर आफू विरुद्ध प्रचार केन्द्रित गरेको बताए । 

 

अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिएका छन् भेलामा नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल किसान महासङ्घका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गरेका छन् । 

भेलामा महासङ्घ आबद्ध २४ वटा किसान सम्बद्ध घटक सङ्गठनको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष...

काठमाडौँ - प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति...

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

बझाङ दुर्घटनाः कोहलपुर मेडिकल कलेजमा मन्त्री...

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।

बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित...

बझाङ दुर्घटनाः कोहलपुर मेडिकल कलेजमा मन्त्री सिंहको उपचार सुरु