कञ्चनपुर - कञ्चनपुरका सबै मतदान केन्द्रहरूमा मतदान कार्य जारी रहेको छ । आइतबार बिहान ७ बजेदेखि भइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रम कञ्चनपुरका १ सय ३२ मतदान स्थलमा रहेका ३ सय ४६ मतदान केन्द्रहरूमा जारी रहेको बताइएको छ ।
दिउँसो २ बजेसम्म कञ्चनपुरमा औसत ४५ प्रतिशत जति मत खसेको छ । मतदान कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने छ । मतदान केन्द्रमा पुगेका मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ ।
नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ । मतदाताले सुरक्षित वातावरणमा ढुक्कसँग मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको कञ्चनपुर प्रशासनले जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । कञ्चनपुर जिल्लामा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेका छन् ।
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया