१७ चैत, २०७९
    {
राजनीति / समाचार

प्रतिनिधि सभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

  • पुलेसो
  • २०७९ मंसिर ०७ बुधबार
प्रतिनिधि सभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

काठमाडौं - प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

कांग्रेसतर्फ डडेल्धुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौं १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदयशमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौं ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगनकुमार थापा विजयी  भएका छन् ।

 

यस्तै एमालेतर्फ काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी  भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी भएका छन् ।

राप्रपातर्फ बारा-२ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा...

काठमाडौं  - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित  क्षेत्र नं ‘क’ केन्द्रमा...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

मतपरिणाम एमालेको पक्षमा आउँछ  : ईश्वर...

काठमाडौं  -  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...

मतपरिणाम एमालेको पक्षमा आउँछ  :  ईश्वर पोखरेल

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा