०८ चैत, २०७९
    {
राजनीति / समाचार

प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० मध्ये १११ स्थान जित्दै कांग्रेस पहिलो दल

  • पुलेसो
  • २०७९ मंसिर २० मंगलबार
प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० मध्ये १११ स्थान जित्दै कांग्रेस पहिलो दल

काठमाडौँ - सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।

मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ-नौ स्थानमा विजयी भएका छन्। 

प्रदेशसभामा १ सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ। नेकपा (एमाले) ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११-११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात-सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक-एक स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी ३ र राप्रपा २ स्थानमा विजयी भएका छन्।

प्रदेश एक
दल प्राप्त सिट प्रतिशत
नेकपा एमाले २५ ४४.६४
नेपाली कांग्रेस १७ ३०.३६
नेकपा माओवादी केन्द्र १६.०७
नेकपा एकीकृत समाजवादी ५.३६
राष्ट्रिय प्रजातन्त्र पार्टी ३.५७
  ५६ १००.

मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार-चार स्थानमा विजयी भएका छन्। मधेस प्रदेशसभामा ६ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

मधेश प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेकपा एमाले १५ २३.४४
नेपाली कांग्रेस १३ २०.३१
जनता समाजवादी पार्टी १४.०६
लोकतान्त्रिक समाजवादी पार्टी १०.९४
जनमत पार्टी ९.३८
स्वतन्त्र ९.३८
नेकपा माओवादी केन्द्र ६.२५
नेकपा एकीकृत समाजवादी ६.२५
  ६४ १००.

बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक-एक स्थानमा विजयी भए। 

बागमती प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेपाली कांग्रेस २५ ३७.८८
नेकपा माओवादी केन्द्र १४ २१.२१
नेकपा एमाले १३ १९.७
राष्ट्रिय प्रजातन्त्र पार्टी १०.६१
नेकपा एकीकृत समाजवादी ७.५८
नेपाल मजदुर किसान पार्टी १.५२
हाम्रो नेपाली पार्टी १.५२
जम्मा ६६ १००.

गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गण्डकी प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेपाली कांग्रेस १८ ५०.
नेकपा एमाले १२ ३३.३३
नेकपा माओवादी केन्द्र ११.११
नेपाल समाजवादी पार्टी २.७८
स्वतन्त्र २.७८
जम्मा ३६ १००.

लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेकपा एमाले १८ ३४.६२
नेपाली कांग्रेस १७ ३२.६९
नेकपा माओवादी केन्द्र ९.६२
जनता समाजवादी पार्टी ३.८५
नागरिक उन्मुक्ति पार्टी ३.८५
लोकतान्त्रिक समाजवादी पार्टी ३.८५
राष्ट्रिय प्रजातन्त्र पार्टी ३.८५
जनमत पार्टी १.९२
स्वतन्त्र ५.७७
जम्मा ५२ १००.००

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ-नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन-तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कर्णाली प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेपाली कांग्रेस ३७.५०
नेकपा माओवादी केन्द्र ३७.५०
नेकपा एमाले २०.८३
स्वतन्त्र ४.१७
जम्मा २४ १००.००
सुदूर पश्चिम प्रदेश
दल प्राप्त सिट प्रतिशत
नेपाली कांग्रेस १२ ३७.५०
नेकपा माओवादी केन्द्र २५.००
नागरिक उन्मुक्ति पार्टी १५.६३
नेकपा एमाले ९.३८
नेकपा एकीकृत समाजवादी ९.३८
स्वतन्त्र ३.१३
जम्मा ३२ १००.००

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प