काठमाडौं - नेपालमा पनि विभिन्न कार्यक्रम गरी ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ आगामी मंसिर २२ देखी २८ गते सम्म मनाइने जानकारी दिइएको हो । राजधानीको यल्लो पगौडा होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन ११ बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् ।
महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनस्र्थापकीय न्याय मञ्चले गर्ने भएको छ । उक्त महाभेलाका अवसरमा विविध कार्यक्रम हुने जनाईएको छ। मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधीको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु यस महाभेला आयोजना गर्नुको मुख्य लक्ष्य हो ।
१४औं मानवअधिकार महाभेलाका संयोजक मञ्जु गुरुङले विधीको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानवअधिकारको प्रत्याभूती गराउन संघसंगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्न र सहयोग गर्नु अहिलेको आवश्यकता रहेको बताइन् ।
गुरुङले मानवअधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन र मंसिर २८ गते नेपाल पर्यटन बोर्डको हलमा मानव अधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन गर्ने बताइन् । यसबीचमा राष्ट्रिय मानव अधिकार आयोगको दिउँसो हुने कार्यक्रममा सहभागी हुने र बिहानको समयमा मानव अधिकार महाभेलाले प्रभातफेरी कार्यक्रम गर्ने जानकारी दिइन् । प्रभातफेरी भृकुटीमण्डपमा सुरु गरेर रत्नपार्कमा समापन गरिने उनको भनाइ छ ।
उनले एक साताब्यापी कार्यक्रममा १२ तारिखमा ‘रन फर राइट्स’ को कार्यक्रम को आयोजना गरिने भन्दै सो कार्यक्रम माइतीघरबाट सुरु गरेर बसन्तपुरमा समापन गरिने सुनाइन् । मुल आयोजक समितिले राष्ट्रियस्तरमा सम्पन्न हुन गईरहेको मानवअधिकार राष्ट्रिय महाभेला २०७९ भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण नेपालीहरुको उपस्थितीका लागि अनुरोध गरेको छ ।
नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम आयोजना हुँदै आएको छ ।
दशौं मानअधिकार महाभेलाका संयोजक नरेन्द्र खतिवडाले देशमा शान्ति प्रक्रिया नसकिदै संस्थाको नेपालमा स्थापना गरेको बताए । यो महाभेलाले नेतृत्व मात्र नभएर समाजमा पछि पारिएको मुद्दाहरुलाई समेत सम्बोधन गर्ने उनको भनाइ छ । उनले भने,‘अपांग,दलित, जनजातिसँग सम्बन्धित मुद्दाहरुलाई पनि उठान गर्नेछ ।’ युवाहरुलाई पनि नेतृत्वमा ल्याउन मानवअधिकारको महाभेलाले महत्वपुर्ण भुमिका खेल्ने उनले स्पट पारे ।
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया