०८ चैत, २०७९
    {
राजनीति / समाचार

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

  • पुलेसो
  • २०७९ मंसिर २१ बुधबार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ - सरकारले मङ्सिर ४ गते सम्पन्न निर्वाचनलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा हार्दिक धन्यवाद दिएको छ । 

मङ्सिर २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम, नागरिक समाज लगायत निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने सवैमा सरकारले धन्यवाद दिने निर्णय गरेको बताए।

मन्त्रीपरिषद् बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गर्नुसँगै विभिन्न देशबाट प्राप्त हुने अनुदान सहायताहरू स्वीकार गर्ने निर्णय गरेको छ ।सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५७ करोड रुपैयाँ बरावरको अनुदान सहायता स्वीकार गर्ने, र सोही आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५४ करोड बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 

 

यस्तै मन्त्रीपरिषद् बैठकले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा गोर्खाका जितेन्द्र धिताललाई नियुक्त गर्नुसँगै पोलियो भाइरल खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गरेको सञ्चारमन्त्री कार्कीले बताए । 

पत्रकार सम्मेलनमा सुकुम्बासीका सम्बन्धमा काठमाडौँमा देखिएको समस्याबारे सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समस्याका सम्बन्धमा सरकार सचेत रहेको बताए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प