१६ वैशाख, २०८१
    {
समाज / लुम्बिनी प्रदेश / कृषि / समाचार

हाटबजारले दियो रोजगारी

  • पुलेसो
  • २०८० असार ०४ सोमबार
हाटबजारले दियो रोजगारी

बुटवल  - बुटवल उपमहानगरपालिका कार्यालय अगाडि  हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार  हाटबजार बनेको छ । 

बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन् । सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो । भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो ।

हाटबजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको बताईन् । उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको बताईन्।

हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनले बताईन् ।आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरीबाट सन्तानका रुपमा नाति रहेको बताईन् । “नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको दुई महिना भयो”, उनले भनिन्, “नातिनीहरु भने विवाह भएर आ–आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाटबजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन् ।” अहिले आफ्नो सहारा भनेकै नातिनीहरु रहेको उनले बताईन् । 

हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाटबजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनले बताईन् । “घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसंँग कुराकानी गरेर दिन कट्छु”, उनले भनिन्, “व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन् ।” 

 

बुटवल उपमहानगरपालिका–११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरिन् । उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ । उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताईन् । 

उनका एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको बताईन् । वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो । बुटवलको उपमहानगरपालिका–११ मजुवामा बस्दै आ एकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन भएका अहिलेसम्म फर्केका छैनन् । 

चार सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर दुई वर्षअघि कमाउन भारत पसेको छोरोको पनि अहिलेसम्म कुनै पत्तो छैन । दैनिक जीवन चलाउने विकल्प नभएपछि हाटबजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनले बताइैन् । “पहिला अलि व्यापार हुन्थ्यो, दिनमा रु दुई हजारसम्म बचत हुन्थ्यो । अहिले दिनमा रु चारदेखि पाँच सय मात्र बचत हुन्छ”, उनले भनिन् ।

बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका–४ मा साताको दुई दिन लाग्ने हाटबजारमा व्यवसायीले बजार लगाउने गर्छन । यहाँको बजारमा झण्डै तीन हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन् । रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले बताए। 

यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसीले बताए । यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनले बताए  । 

हाटबजारमा मङ्सिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् । यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल रु ५० देखि दुई सयसम्म लिने गरेको अध्यक्ष जिसीले बताए तर व्यापार नहुदाकोे अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ । 

वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी सङ्घले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसीले बताए । “हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ”, उनले भने, “हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन ।”

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताए । उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुआत भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताए ।  उनले लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रमः   एक...

आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रमः   एक शिक्षक– एक ल्यापटप, एक कक्षाकोठा– एक प्रोजेक्ट दिने

आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रमः   एक शिक्षक– एक ल्यापटप, एक कक्षाकोठा– एक प्रोजेक्ट दिने