दशरथ विद्यालयका शिक्षक महेश शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप ।
कैलाली । कैलालीमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै एक शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ।
उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारको ठहर छ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए।
उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया