०६ जेठ, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा

  • पुलेसो
  • २०८० असोज १९ शुक्रबार
एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा

धनगढी - नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।सिंहले पार्टीका युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताउँदै आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना रहेको दाबी समेत गरे ।

अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीको मूल नेतृत्वले लिएकाे नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवारी भएको बताए । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।एमाले सुदूरपश्चिमको अधिवेशन अगामी असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।

अध्यक्षमा केन्द्रीय सदस्य झपट रावल, लालबहादुर थापा लगायतको चर्चा चलेका बेला उनीहरू प्रतिनिधिमा नआएपछि दोस्रो तहका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र अछामकै अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त