१६ वैशाख, २०८१
    {
बागमती प्रदेश / सुरक्षा/अपराध / समाचार

सरकारद्वारा भोलि राष्ट्रिय शोकको घोषणा

  • पुलेसो
  • २०८० असोज २२ सोमबार
सरकारद्वारा भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौँ - सरकारले प्लेस्टाईन हमास समूहको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न भोलि असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

यस्तै सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद् बैठकले इजरायलका द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपालीहरू जो देश फर्किन चाहन्छन् तीनलाई नेपाल यथाशीघ्र ल्याउने गरी काम गर्ने र सो अनुसार सम्वद्ध निकायहरूलाई कामका लागि निर्देशन समेत दिइएको मन्त्री शर्माले बताइन् ।

  

यस्तै परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतक नेपालीहरूको शव यथाशीघ्र स्वेदश ल्याउन पहल गर्ने र नेपाल फर्किन चाहने नेपालीहरूलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर्ड गरी ल्याउन प्रबन्ध मिलाउन इजरायलस्थित नेपाली दूतावासले विवरण सङ्कलन गरी परराष्ट्र मन्त्रालयसँग समन्वय गरी काम गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन - नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध