२९ पुष, २०८१
    {
घुमफिर / अन्तराष्ट्रिय / समाचार

चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने

  • पुलेसो
  • २०८१, वैशाख ३१ सोमबार
चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने

काठमाडौँ - चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ ।

निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप चीनले अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, स्पेन र स्वीट्जरल्याण्डका नागरिकलाई विना शुल्क भ्रमण भिसा दिने भएको हो । साथै, दक्षिणपूर्वी देश मलेसियालाई समेत निःशुल्क भिसा उपलब्ध गराउने चिनियाँ अध्यागमन विभागले जनाएको छ ।

फ्री भिसाको घोषणा गर्दै चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले चिनियाँ र विदेशी नागरिक, कर्मचारीहरूको आगमन खुल्लापनले विश्व पर्यटन विकासमा थप आयाम थप्ने बताए । उसो त हालैमात्र चीनले नेपालका लागि समेत निःशुल्क प्रवेश अनुमति (भिसा) उपलब्ध गराउने घोषणा गरेको छ । 

निःशुल्क भिसा योजना चीनले २०२४ को सुरुवातदेखि नै चरणबद्ध रूपमा घोषणा गरेको थियो । सुरुमा एक वर्षको लागि तय गरिएको यो नीतिले धेरै मानिसहरूलाई चीन भ्रमण गर्न र व्यापार व्यवसाय गर्न प्रोत्साहन गरेको छ । थप भिसा फ्री नीतिले चिनियाँ नागरिक र विदेशी नागरिकहरू बिच सांस्कृतिक तथा आर्थिक आदानप्रदानलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि, हाल परीक्षण काल नै रहेकोमा प्रवेश गर्ने विदेशी नागरिकलाई १५ दिनसम्म निःशुल्क भिसा उपलब्ध गराइने प्रवक्ता माओले बताएका छन् ।

 

कोभिड–१९ पछि तीन वर्षसम्म चीनले विदेशी पर्यटकका लागि चीन प्रवेशमा कडाइ गरेको थियो । सन् २०२३ पछि मात्र चीनले विदेशी नागरिकका लागि सहज प्रवेश दिन थालेको हो । चिनियाँ अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा ३५.५ मिलियन अर्थात् साढे ३ करोड बढी विदेशी नागरिकहरूले चीनको भ्रमण गरेका छन् । जबकि प्रि–कोभिड, सन् २०१९ मा ९७.७ मिलियन अर्थात् ९ करोड ७० लाख भन्दा बढी विदेशीले चीनको भ्रमण गरेका थिए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम...

काठमाडौँ -  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका...

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे