काठमाडौँ - इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ ।इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार दुर्घटना भएको थियो । साथै हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत अन्य व्यक्तिहरु सवार थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकोप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताए ।
उनका अनुसार, ‘‘दुर्घटना भएको स्थानमा मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको छ ।’’ बिबिसि
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया