विराटनगर - गृहमन्त्री रवी लामिछानेले प्रतिपक्षले उठाएका विषयमा जवाफ दिन आफु तयार रहेको बताए।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै उनले हिजो पनि आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएको भोली प्रतिपक्षले कुनै विषय उठाए सो कुराको जवाफ दिनुपर्ने ठाउँमा जवाफ दिने बताए। उनले आवश्यक परे सबै कुराको जवाफ दिन आफु तयार रहेको बताए ।
एक प्रश्नमा उनले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम नलिएको र कुनै पनि प्रकारको आरोप नलगाएको प्रष्ट पारे । आफूले सञ्चारमाध्यम यस्ता कुराहरू आएका छन् मात्र भनेको हो कुनै दलको नेताको नाम आफूले लिएको भन्ने थाहा नभएको बताए। पत्रिकामा यस्ता कुराहरू आएका छन् भन्ने कुरा आफूले गरेको बताए ।
एक अर्को प्रश्नमा उनले आफ्नो विषयमा कस-कसले के के भन्छ भन्दैमा सबै कुराका जवाफ दिनु थाल्ने हो भने आफूले काम कहिले गर्ने भनि पत्रकारहरूलाई प्रतिप्रश्न गरे । बनावटी प्रश्नभन्दा पनि मन्त्रालयले तिन महिनाको अवधिमा गरेको काम तथा विपद् व्यवस्थापक लागि सरकारले गरिरहेको कामको बारेमा प्रश्न सोध्न उनले आग्रह गरे ।
गृहमन्त्री लामिछाने आज विराटनगरमा हुने कोशी प्रदेशको सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आएका हुन् । दिउसो तिन बजे शुरु हुने सुरक्षा बैठकमा सहभागी हुन नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न सुरक्षा निकायका प्रमुख कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु विराटनगर आइसकेका छन् ।
बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षाको अवस्था सिम क्षेत्रको अवस्था तथा चोरी निकासी नियन्त्रण थप प्रभावकारी बनाउँदै शान्ती सुरक्षा सुद्धिढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।
सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेका हुन्...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
प्रतिक्रिया