सल्यान - मानो रोपेर मुरी फलाउने सिजन आउँदै गर्दा सल्यानका किसानहरू भने रासायनिक मलका लागि सहकारीहरूमा लामो समय लाइन बस्न बाध्य भएका छन् ।
मकै र धानका लागि आवश्यक युरिया र डिएपी मलका लागि किसानहरू सहकारीमा लाइन लाग्न बाध्य भएका हुन । चर्को गर्मीमा लाइनमा बस्दा पनि मल नपाएर रित्तो हात घर फर्किनु परेको शारदा नगरपालिका १ श्रीनगरकी डुमा बुढाथोकीले बताए । उनले भने ‘तत्कालका लागि दस किलो जति डिएपि भए पुग्ने थियो तर सहकारीले मल सकियो भने पछि खाली घर फर्किनु पर्ने भयो ।’
मकै, धानका लागि आफूलाई दुई बोरी युरिया र दुई बोरी डिएपि आवश्यक भएपनि २५/२५ किलो मात्र पाइएको अर्का किसान गणेश रोकाले बताए । किसानको मुख्य खेती पातीको समयमा मलको अभाव हुनु राम्रो नभएको उनको भनाई छ । उनले भने ‘भन्दा कृषि प्रधान देश भन्ने तर किसानलाई आवश्यक परेको समयमा मल बिउ विजन नपाइने यो कस्तो कृषि प्रधान देश हो ।’
कोटा अनुसारको मल आउँदा पनि किसानलाई मल पु¥याउन नसकिएको जनसेवी कृषि सहकारी संस्थाका अध्यक्ष नवीन भडेलले बताए । साल्ट ट्रेडिङ मार्फत सहकारीमा ८० बोरा डिएपि, १०० बोरा युरिया र २० बोरा पोटास आएको भएपनि माग धेरै भएपछि एक बोरी बराबर दुई किसानलाई मल वितरण गरिएको उनले बताए।
यता साल्ट ट्रेडिङ कर्पोरेशन शितलपाटीले भने कोटा अनुसारको मल आइरहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । कोटा अनुसारको मल केही आइसकेको र केही आउने क्रममै रहेकाले मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेशन शितलपाटीका प्रमुख प्रवीण जङ्ग शाहले बताए । उनले भने कोटा भन्दा बढी माग भए थाहा भएन अन्यथा कोटा अनुसारको मल आइरहेको छ ।
सल्यानमा ५० देखि ६० हजार बोरी युरिया, २५ देखि ३० हजार बोरी डिएपि र ८ देखि १० हजार बोरी पोटासको माग हुने गर्दछ ।जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान र १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आइरहेको छ । जिल्लामा डिएपि भन्दा युरिया मलको माग बढी हुने गर्दछ ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया