९ चैत, २०८१
    {
सुदूरपश्चिम प्रदेश / समाचार

दुई हजारभन्दा बढीले दिए रोजगारीका लागि आवेदन

  • पुलेसो
  • २०८१, जेठ २८ सोमबार
दुई हजारभन्दा बढीले दिए रोजगारीका लागि आवेदन

कैलाली - कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन् ।

रोजगार मेलामा रोजगारीका लागि विभिन्न पदमा एक हजार दुई सय ५० जनाले अनलाइनमार्फत र एक हजारजनाले प्रत्यक्ष उपस्थित भएर आवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले जानकारी दिए । उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका २८ र सरकारी सेवा प्रवाहसम्बन्धी जानकारी दिने १० सरकारी कक्ष गरी ३८ कक्ष रहेका छन् ।

दुईदिने श्रमाधान रोजगार मेलामा रोजगारदाताबाट रोजगारीका लागि दुई हजार छ सय ३४ आवेदन माग गरिएको उनले जानकारी दिए। पहिलो दिन प्रदेशका नौवटै जिल्लाका पाँच हजारजनाले मेलाको अवलोकन गरेको उनले जानकारी दिए ।आन्तरिक तथा वैदेशिक रोजगारसम्बन्धी परामर्शका साथै सार्वजनिक सेवा, जागिर पाउन सिक्नुपर्ने सीप, कुन विषय पढ्दा भविष्यमा चाँडोे जागिर पाउन सकिन्छलगायत विषयमा परामर्श हुने भएकाले मेला महत्वपूर्ण भएको उनले बताए । 

 

आवेदन परेकाहरुलाई रोजगारदाताले सीप परीक्षणलगायत प्रक्रिया पूरा गरेर रोजगारी प्रदान गर्ने उनको भनाइ छ । मेलाको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । श्रमाधान रोजगार मेला आज समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह