धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले विकासमा जनताका आशा र अपेक्षा सम्बोधन हुने गरि नयाँ बजेट ल्याएको जनाएको छ ।
धनगढीस्थित आर्थिक मामिला मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले यसपालिको बजेट सहज रुपमा कार्यान्वयनमा आउने बताए ।प्रदेश सरकारले नयाँ ढङ्गबाट काम गर्न खोजेको बताउँदै मन्त्री पालले बजेट साउन महिनामै कार्यान्वयन लैजाने तयारीमा सरकार लागिपरेको जानकारी दिए ।
उनले साउनमा खरिद प्रक्रिया अघि बढाएर असोज मसान्तभित्र सम्पूर्ण टेण्डर कार्य पूरा भई चैतसम्म विकास योजना सम्पन्न भई सक्नेगरी बजेट कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पालले बजेट निर्माणमा बिचौलिया हाबी हुने प्रवृत्तिलाई निरुत्साहित पारिएको बताए ।
सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, पूर्वाधार विकास, रोजगार, पर्यटन लगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पालले प्रदेशका नौ वटै जिल्लामा उद्योग स्थापना, विशेष कृषि कार्यक्रम, नमुना विद्यालय सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको बताए ।
प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट ल्याएको छ ।
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया