नयाँ दिल्ली - भारतकी पाश्र्व गायिका अलका याग्निकलाई न्युरो रोग लागेको छ । यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ ।गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।
पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् । केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।
पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेको पनि पोष्टमा अल्काले भनेकी छिन् । गायिकाको यो पोष्टमा सोनु निगम, इला अरुण लगायत चर्चित गायक/गायिकाहरूले कमेन्ट गरेका छन् ।
५८ वर्षीया अल्का याग्निक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । यस अवधिमा उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनले २ वटा राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड पाएकी छिन् ।
सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दिएको थियो ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
प्रतिक्रिया