काठमाडौं - गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्।
उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन्।महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमार्फत साझा गर्दै सहयात्राको सुरूआत गरेको बताएका छन्।
सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन्। उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।
चर्चित गायक र गायिकामा पर्ने उनीहरु दुवैले थुप्रै ‘हिट’ गीत गाएका छन् । अस्मिताको ‘उता परेली झिमझिम भो’,‘काले केटाले’,‘को होला त्यो’,‘यो मेरो मायाको कुरा’ लगायतका गीत अत्यधिक मन पराइएको छ ।
त्यस्तै, महेशले ‘नाँच फिरीरी’,‘माया बिरानी’,‘लज्जावती झार’, लगायत दर्जनौं चर्चित गीत गाएका छन् ।
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया