देउखुरी (दाङ) - घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आएका छन्। उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गरेका छन्।
दुई दशक दुबईमा बसेर फर्किएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका छन्। उनले ३६ भैँसीबाट व्यवसाय सुरु गरेका हुन् । उनले दुध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन् । उनले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दुध आफैले बजार पुर्याउने गरेको छु २८ लिटर दुध ७५ रुपियाँका दरले तुलसीपुर-१८ दुधरासको डेरीबाट किनेर एक सय रुपियाँमा बिक्री गर्ने गरेको छु ।” महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीन लाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए ।
आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दुध घोराही बजारका ग्राहकलाई घरघरमा पुर्याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नु हुँदैन । पसिनाको कमाइ मिठो हुन्छ । उनले सबै भैँसीको बिमा गरेका छन् । भैँसीको दुधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दुध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गत वर्ष दुध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए ।
बिस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए ।“भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नु पर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस भरिभराउ छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेको छ । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए ।
उनले भने,कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनले बताए । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए ।
व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन्। उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ । त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरेको उनले बताए ।
काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।
सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...
प्रतिक्रिया