१७ वैशाख, २०८२
    {
राजनीति / समाचार

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री दाहाल

  • पुलेसो
  • २०८१, असार ६ बिहीबार
राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ:  प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिदै उनले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरि हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।“राष्ट्रको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भने । उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे।

त्यसैगरी नदीको प्रकृति र यसले पारिरहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायी रूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताए।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट...

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ :  प्रधानमन्त्री

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह