१७ वैशाख, २०८२
    {
कर्णाली प्रदेश / समाचार

जुम्लाका आठै पालिकाले ल्याए नीति र बजेट

  • पुलेसो
  • २०८१, असार ११ मंगलबार
जुम्लाका आठै पालिकाले ल्याए नीति र बजेट

जुम्ला - जुम्ला जुम्लाका आठै पालिकाले नयाँ आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।स्थानीय तहले असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउने राज्यको नीति रहेको छ । सोही बमोजिम यहाँका आठै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रमसहित ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँको बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख रामदेवि खड्काले १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।

सिंजा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४१ करोड २१ लाख ५६ हजार रुपियाँ बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यता तातोपानी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँ बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए ।

विशेष गरी शिक्षा स्वास्थ्य कृषि, उद्योग, ग्रामीण सडक निर्माणमा प्राथमिकता राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले उल्लेख गरे ।पुराना नीति तथा कार्यक्रमलाई यथावत् राखेर महिला र दलितलाई लोकसेवा तयारी कक्षा, सय भन्दा बढी भेडा पाल्नेलाई गोठालो भत्ता, एकल पुरुष भत्ता, कृषि बीमा, महिला स्वास्थ्य स्वयम सेविका सञ्चार सुविधा, अन्तरजातीय विवाह प्रोत्साहनसहित नीति तथा कार्यक्रम समेटिएको छ । सोही नीति तथा कार्यक्रम बमोजिम बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए ।

तिला गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४७ करोड ८४ लाख २० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। हिमा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको सूचना अधिकारी रतन रावतले जानकारी दिए ।

 

कनकासुन्दरी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ५१ करोड २ लाख २५ हजार ६ सय ४६ रुपियाँको बजेट ल्याएको छ । विशेष गरी शिक्षालाई प्रथामिकतामा राखेर नयाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए।
पातारासी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४४ करोड ४९ लाख ६० हजार रुपियाँ बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले बताए ।

गुठीचौर गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित गत वर्षको एक करोड १३ लाख सहित ४१ करोड १० लाख ४९ हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका प्रबक्त अर्जुन महताराले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताए।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट...

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ :  प्रधानमन्त्री

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह