बाजुरा - बाजुराको बुढिनन्दा नगरपालिका स्थित पाण्डुसेन क्षेत्रका जनजाति परिवारहरूले अछामको मङ्गलसेन, मेल्लेख, साँफेबगर, चौखुट्टे लगायत ठाउँमा चिसो छल्न र चरिचरनका लागि लगेका एक सय बढी भेडा मरेका छन् ।
अछामको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँ क्षेत्रमा, अछामको मेल्लेख गाउँपालिकाको सरानी, साँफे नगरपालिकाको मार्कु, चौखुट्टे, श्री कोटलगायत ठाउँमा एक सय बढी भेडा मरेको भेडापालक किसान काशी बोगटीले बताए।करिब तीन दिनको अवधिमा मेल्लेख गाउँपालिकाको सरानीमा पाण्डुसेनका काशी बोगटी, नरेन्द्र थापा, पेमा गुरुङलगायत ६ परिवारका ४० भन्दा बढी भेडा मरेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहोराले बताए ।
सयौँ सङ्ख्यामा भेडाहरू मरेपछि किसानहरू चिन्तित भएका छन् । पशु चिकित्सकहरुका अनुसार भेडालाई पखाला लाग्ने, आँखा राता हुने, लिभरमा खराबी देखिएको छ । हिउँदमा जाडो छल्न र भेडाको चरिचरनका लागि अछाममा जाने पाण्डुसेनका जनजाति परिवारहरू धमाधम भेडा मर्न थालेपछि ठुलै नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया