२०८२, माघ, ६
    {
कृषि / सुदूरपश्चिम प्रदेश / समाचार

अज्ञात रोगले भेडा मर्न थालेपछि किसान चिन्तित

  • पुलेसो
  • २०८१, माघ २० आइतबार
अज्ञात रोगले भेडा मर्न थालेपछि किसान चिन्तित

बाजुरा - बाजुराको बुढिनन्दा नगरपालिका स्थित पाण्डुसेन क्षेत्रका जनजाति परिवारहरूले अछामको मङ्गलसेन, मेल्लेख, साँफेबगर, चौखुट्टे लगायत ठाउँमा चिसो छल्न र चरिचरनका लागि लगेका एक सय बढी भेडा मरेका छन् ।

अछामको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँ क्षेत्रमा, अछामको मेल्लेख गाउँपालिकाको सरानी, साँफे नगरपालिकाको मार्कु, चौखुट्टे, श्री कोटलगायत ठाउँमा एक सय बढी भेडा मरेको भेडापालक किसान काशी बोगटीले बताए।करिब तीन दिनको अवधिमा मेल्लेख गाउँपालिकाको सरानीमा पाण्डुसेनका काशी बोगटी, नरेन्द्र थापा, पेमा गुरुङलगायत ६ परिवारका ४० भन्दा बढी भेडा मरेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहोराले बताए । 

 

सयौँ सङ्ख्यामा भेडाहरू मरेपछि किसानहरू चिन्तित  भएका छन् । पशु चिकित्सकहरुका अनुसार भेडालाई पखाला लाग्ने, आँखा राता हुने, लिभरमा खराबी देखिएको छ । हिउँदमा जाडो छल्न र भेडाको चरिचरनका लागि अछाममा जाने पाण्डुसेनका जनजाति परिवारहरू धमाधम भेडा मर्न थालेपछि ठुलै नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै