९ चैत, २०८१
    {
मधेस प्रदेश / कृषि / समाचार

बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण

  • पुलेसो
  • २०८१, माघ २३ बुधबार
बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण

बीरगंज,पर्सा - बारा जिल्लाका किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका छन् । पर्सा बारामा प्राय सबै महिना उत्पादन हुनेगरी किसानहरुले बेमौसमी मकैखेती गर्दै आएका छन् । 

बिशेषगरि जाडो याममा हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका हुन् ।अहिले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा मात्र दुई सय बिगाह भन्दाबढी क्षेत्रमा बेमौसमी मकैखेती गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ र ४ मा मुख्यतः किसान हरुले व्यावसायिक रुपमा मकै खेती  गरेका छन् ।वडा नम्बर -३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करिब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिगाह जग्गामा मकैखेती गरिएको छ ।

पर्सागढी नगरपालिका कार्यालय कृषि शाखा सहायक प्रमुख खड्गबहादुर खत्रीले दुईवटा वडामा बढी मात्रामा बेमौसमी मकैखेती हुने गरेको र बाँकी वडाहरूमा छिटपुट मकैखेती गरी दुई सय बिगाह बढी मकैखेती भएको बताए।कृषि ज्ञान केन्द्र, पर्साका अनुसार गत आर्थिक वर्षमा जिल्लाभरिमा ४ हजार १८९ हेक्टरमा मकैखेती गरिएको थियो भने १७ हजार १६६ मेट्रिकटन मकै उत्पादन भएको थियो । यो जिल्लामा हुने बालीमध्ये ४.१० प्रतिशत हो ।

 


 

गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा मकैखेती बढी भएको र उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । केन्द्रले यस वर्ष ४ हजार २२० हेक्टर जमिनमा मकैखेती गरिएको र १७ हजार ३७८ मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरेको छ । यस वर्ष कुल बालीमध्ये मकैखेती ४।१२ प्रतिशत हुने अनुमान केन्द्रको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह