२०८२, मंसिर, २२
    {
मधेस प्रदेश / कृषि / समाचार

बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण

  • पुलेसो
  • २०८१, माघ २३ बुधबार
बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण

बीरगंज,पर्सा - बारा जिल्लाका किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका छन् । पर्सा बारामा प्राय सबै महिना उत्पादन हुनेगरी किसानहरुले बेमौसमी मकैखेती गर्दै आएका छन् । 

बिशेषगरि जाडो याममा हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका हुन् ।अहिले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा मात्र दुई सय बिगाह भन्दाबढी क्षेत्रमा बेमौसमी मकैखेती गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ र ४ मा मुख्यतः किसान हरुले व्यावसायिक रुपमा मकै खेती  गरेका छन् ।वडा नम्बर -३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करिब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिगाह जग्गामा मकैखेती गरिएको छ ।

पर्सागढी नगरपालिका कार्यालय कृषि शाखा सहायक प्रमुख खड्गबहादुर खत्रीले दुईवटा वडामा बढी मात्रामा बेमौसमी मकैखेती हुने गरेको र बाँकी वडाहरूमा छिटपुट मकैखेती गरी दुई सय बिगाह बढी मकैखेती भएको बताए।कृषि ज्ञान केन्द्र, पर्साका अनुसार गत आर्थिक वर्षमा जिल्लाभरिमा ४ हजार १८९ हेक्टरमा मकैखेती गरिएको थियो भने १७ हजार १६६ मेट्रिकटन मकै उत्पादन भएको थियो । यो जिल्लामा हुने बालीमध्ये ४.१० प्रतिशत हो ।

 


 

गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा मकैखेती बढी भएको र उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । केन्द्रले यस वर्ष ४ हजार २२० हेक्टर जमिनमा मकैखेती गरिएको र १७ हजार ३७८ मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरेको छ । यस वर्ष कुल बालीमध्ये मकैखेती ४।१२ प्रतिशत हुने अनुमान केन्द्रको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

बाजुराको मार्तडी बजारमा आगलागी

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब...

बाजुराको मार्तडी बजारमा आगलागी