काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटी पार्क स्थापना गर्ने बताए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँदै काठमाडौँमा यो वर्ष भित्रै आइटी पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान महासङ्घ) ले आजदेखि काठमाडौँमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधारहरू तयार पार्नु पर्ने बताए ।
सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटी पार्क नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उनले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटी नीति, एआई नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए । “डिजिटल फ्रेमवर्कको उद्देश्य पुरा गर्न सूचना प्रविधिका पूर्वादारहरू सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने,“यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटी पार्क बनाउँछौँ ।”
त्यस्तै, मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए । साथै यसै वर्ष भित्र ७ सय ५३ पालिकामा फोर जी सबैका घर घर पुर्याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए। साउथ एसियामै एआई को नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुरुङले भने,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।
काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...
महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
प्रतिक्रिया