काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सुविधाको प्रयासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।
नेपाल नेस्नल हस्पिटल कलङ्कीमा आजदेखी सुरु भएको मृगौला रोगीहरूको लागी डायलासीस सेवाको उद्घाटन गर्दै उनले डायलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्याउने बताए । बिगत ७ वर्षदेखि स्वास्थ्य सेवा पुर्याउँदै आएको सो अस्पतालमा नवजात शिशुका लागी अत्याधुनिक स्वास्थ्य सेवा लगायत सुविधा सम्पन्न डायलासीस सेवाले गर्दा यस क्षेत्रका सबै मृगौला पीडितहरूका लागी सर्वसुलभ सेवा पुर्याउने अपेक्षा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिए ।
डायलासीस सेवाको उद्घाटन समारोहमा पाटन उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला, चीन सरकारका लागी नेपालका पूर्व राजदूत बिष्णु पुकार श्रेष्ठ, लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया